tealaya add

नयाँदिल्ली ।  भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

kantipathnews Lok Sabha elections BJP narendramodi amitshah

परिणाम अनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय ३ सिट जितेको छ। यो सन् २०१४ भन्दा २१ सिट बढी हो। 

पाँच वर्षअघि भाजपाले  २ सय ८२ सिट जितेको थियो। भाजपाको मत बढेसँगै राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलेभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ। पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले  ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्।

यो जितसँगै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ। एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...