1478958692 banner ad format

 
 

श्रीनगर, भारत प्रशासित काश्मिर -  भारत प्रशासित काश्मिरमा शनिबार भएको झडपमा पाँचजना शङ्कास्पद विद्रोहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । 

army jawans kashmiri

झडपका क्रममा एक जना सैनिक कमाण्डोको पनि मृत्यु भएको छ । 

“उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि दोहोरो गोली चल्दा पाँच विद्रोही र एक सेनाको मृत्यु भएको छ,” सैनिक प्रवक्ता कर्नेल राजेस खालियाले पुष्टि गर्नुभयो । 

श्रीनगरको बाहिरी भागमा शुक्रबार पनि झडप भएको थियो । उक्त घटनामा एक लडाकू र एक जना प्रहरी अधिकारीको मृत्यु भएको थियो । 

काश्मिर क्षेत्र बेलायती उपनिवेशबाट सन् १९४७ मा भएको स्वतन्त्रतासँगै पाकिस्तान र भारतबीच विवादित रहँदै आएको छ । त्यस पछि विभिन्न समयमा भएका साना ठूला युद्धमा दुवैतर्फका दशौँ हजार सर्वसाधारण,सैनिक तथा लडाकूको मृत्यु भएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood