tealaya add

एजेन्सी - केन्यामा एक पुरुष सांसदले महिला सांसदमाथि थप्पड प्रहार गरेका छन ।

Kenya parliament

थप्पड प्रहार गर्ने सांसदको नाम राशिद कासिम हो भने थप्पड खाने महिला सांसदको नाम फातुमा गेडी हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार, राशिदले आफ्ना सहयोगी महिला सांसदले आफ्नो संसदीय क्षेत्रमा धनराशि नछुट्याएको भन्दै थप्पड प्रहार गरेका हुन् । थप्पड प्रहार गरेपछि गिरफ्तारमा भएका छन् ।

Wajir Women Rep Fatuma Gedi allegedly assaulted inside parliament buildings by Rashid Kassim Mp Wajir East.#ArrestHonKassim pic.twitter.com/zSxpO1nzjM

— Hon Lee Makwiny (@leemakwiny) June 13, 2019

थप्पड खाएपछि महिला सांसद फातुमा गेडीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनी रोइरहेकी र मुखबाट रगत निक्लिएको पनि देख्न सकिन्छ । यो घटनापछि महिला संसादहरुले विरोध जनाउँदै बैठक छोडेर निस्किएका थिए, जहाँ पुरुष सांसदहरु उनको मजाक उडाइरहेका थिए ।

यो घटनापछि केन्याको सामाजिक सञ्जालमा अभियुक्त राशिदमाथि कडा कारवाहीको माग उठिरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर