1478958692 banner ad format

 
 

विश्केक (किर्गिजस्तान) । दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विवाद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । 

World Activities in Nepali landslide Kyrgyzstan

पहिरो शनिबार राति (१२ः४० बजे) गएको र सात घरहरु पुरेको र छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ । अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको अपुष्ट खबर छ । 

पहिरोले घरहरु पुरेपछि मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तथा उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन मन्त्रीलाई घटनास्थलमा पुगी उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । 

शनिबार दिउँसोसम्म घटनास्थलमा १०० सेनासहित २५० उद्धारकर्मी पुगी उद्धार कार्यमा जुटेका बताइएको छ । 

उद्धारकर्मीले पहिरो गएको स्थान वरपर रहेका र जोखिममा रहेका ४० घरका बासिन्दालाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood