1478958692 banner ad format

 
 

लस भेगस । अमेरिकी सहर लस भेगसमा आइतबार राति भीषण आक्रमण गरी कम्तीमा ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटी साथीलाई अमेरिकी झिकाइएको छ ।

Las Vegas concert

अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । यसैक्रममा उनलाई पनि अमेरिका झिकाइएको हो । प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ ।

प्रहरीले भनेको छ–‘के–कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्नेबारेमा अनुसन्धान जारी छ, सोहीक्रममा उनकी केटी साथी मार्लाे डेन्लीसँग पनि सोधपुछ गरिनेछ ।’

मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० वर्षअघि क्यासिनोमा काम गर्न भन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले मंगलबारमात्र जानकारी दिएको थियो ।

आक्रमणमा प्रारम्भिकरुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टि भएको छ । उनले लस भेगसमा आइतबार राति भएको कन्सर्टको समयमा जम्मा भएका सयौं व्यक्तिमाथि गोली चलाएका थिए ।

उनले चलाएको अन्धाधुन्द गोलीबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२औं तलाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए ।

अमेरिकी प्रहरीले भनेको छ–‘६२ वर्षीया मार्लाेलाई हिरासदमा लिइने छैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन्, सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौं ।’

प्रहरीले उनीसँगको सम्बन्धकाबारेमा बुझ्नेछ । साथै, प्याडकको विगतको बानी–व्यहोरोकोबारेमा पनि उनीसँग बुझ्ने बताइएको छ ।

प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटी साथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ । सोही कारण पनि उनीसँग सो कुरा बुझ्न खोजिएको हो ।

अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाइ छ । यसले लस भेगसमात्र नभइ अमेरिका नै स्तब्ध भएको बताइएको छ ।

उक्त गोलीकान्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्नेबारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

घाइतेको उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् ।

उता, सो घटनामा आइएसले जिम्मेवारी लिएको भएपनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी भनाइ छ ।

प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन ।

आइएसले भने संगठनको आग्रहमा नै उक्त हमला भएको जनाएको छ । यसको जिम्मेवारी पनि आइएसले लिने पनि विभिन्न सन्चारमाध्यमहरुमा उनीहरुले पठाएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood