1478958692 banner ad format

 
 

स्तानबुल (टर्की) - टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकीललाई जेल चलानको फैसला बिहीबार सुनाएको छ । 

lawyer tarki
सन् २०१६ को जुलाईमा शिक्षकद्धय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोक हड्ताल गर्नु भएको थियो ।  सार्वजनिक क्षेत्रमा जागिर गरेकाहरु मध्ये झण्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ । 


दुवै शिक्षकले मार्चमा भोक अड्ताल सुरु गरेका थिए । आतङ्कबादी गतिविधिलाई सहयोग गरेको आरोपमा उनीहरुलाई जेल चलान गरिएको थियो । 


गत सेक्टेम्बर १४ मा उनीहरूलाई अदालतमा बोलाइएकोमा उनीहरु स्वास्थ्यका कारण अनुपस्थित भएका थिए ।  जनताको अधिकार नामक संस्थाको तर्फबाट १६ जना वकीलले पालैपालो बहस गरेका थिए । 


उनीहरूसँगको बहस सकिएपछि इस्तानबुल अदालतले आतङ्कवादी समूहको सदस्य भएको भन्दै १४ जना वकीललाई जेल पठाउने आदेश दिएको हो । 

प्रकासित मिति

Loading...

 

yummyfood