tealaya add

maleshiya

एजेन्सी । मलेसियामा अवैधानिक रुपमा बसेका ५ जना नेपाली पक्राउ परेका छन् । अवैध रूपमा कामदार रहेका ५ नेपाली सहित ३१ जना विदेशी कामदार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ५ जना नेपाली, १३ जना थाइल्याण्ड १० जना बंगलादेशी, दुई ईण्डोनेशियाली तथा एकजना भारतीय रहेको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । अवैध रुपमा बसेका विदेशी कामदार रहेको पसल, रेष्टुराँहरुमा छापामारि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जुरुस्थित हिरासतमा राखिएको छ । पक्राउ परेका कामदारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...