1478958692 banner ad format

 
 

काठमाडौं । अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा १०० जना व्यक्तिको मृत्यु भएको छ ।

 

अल्जेरियाको राजधानी अल्जेरियसमा रहेको बउफारिक विमानस्थलमा बुधबार उक्त विमान दुर्घटना भएको हो ।

स्थानीय सन्चारमाध्यमहरुले भने दुर्घटनामा २०० जनाको मृत्यु भएको दाबी गरेका छन् ।

दुर्घटनास्थलबाट १४ ओटा एम्बुलेन्समार्फत् घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood