tealaya add

नयाँदिल्ली — भारतीय धानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् । 

kantipathnews modi

भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रमोदीले शुक्रबार साँझ राष्ट्रपति रामनाथ कोविन्द राजीनामा बुझाएका हुन् । राजीनामासँगै नयाँ सरकार गठन नहुन्जेल मोदी सरकारले काम चलाउ हैसियतमा काम काम गर्ने छ ।  

यसअघि मोदीले शुक्रबार साँझ मन्त्रीपरिषद्को अन्तिम बैठक डाकेका थिए । बैठकले मन्त्रिपरिषद्को संयुक्त राजीनामासँगै १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राजीनामासँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आगामी साताभित्र नयाँ सरकार गठन हुने अनुमान गरिएको छ ।

पाँच वर्षअघि भाजपाले  २ सय ८२ सिट जितेको थियो। भाजपाको मत बढेसँगै राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलेभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ। पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले  ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...