1478958692 banner ad format

 
 

याङगोन (म्यानमार) । म्यानमारमा पनि डेंगुको प्रकोप बढेको समाचार छ । सो प्रकोप फैलिएपछि यहाँ १६ जनाको मृत्यु भएको छ । 

Myanmar dengue outbreak spread

उक्त प्रकोपबाट म्यानमारमा एक हजार १ सय १४ जना प्रभावित भएको समाचारमा जनाइएको छ । 

म्यानमारको रेखिन राज्यमा फैलिएको डेंगुका कारण गत जुलाई ५ देखि यता १६ जनाको मृत्यु भएको म्यानमारको सरकारी सञ्चार माध्यमले शनिबार जनाएको छ । 

डेंगुको प्रकोप रेखिन राज्यको मिनवाई, किउक्टाव, टाउङगप र सिट्वे लगायतका ठाउ र ग्रामीण क्षेत्रमा बढी देखिने गरेको रेखिन राज्यका स्वास्थ्य विभागका अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रभावित क्षेत्र र विद्यालयहरुमा डेंगु विरुद्धको सचेतना जगाउन र केही कदमहरु चाल्नका लागि अधिकारीहरुले छलफल चलाएका छन् । 

प्राय जुन र जुलाई महिनामा यस्ता प्रकोपहरु बढी फैलिने गरेको छ । यो बेला लामखुट्टे बढी हुने बेला भएकाले यस्ता रोगहरुको प्रकोप जुन र जुलाइमा बढी हुने गरेको उनीहरुको भनाई छ । 

टाउको दुख्ने, उच्च ज्वरो आउने, जोर्नी र मासुमा दुखाइ हुने, बान्ता हुने लगायतका लक्षण डेंगुको जिवाणुका कारण देखिने चिकित्सकहरु बताउछन् । 

यसबर्ष मात्र म्यानमारमा देशभरमा झण्डै तीन हजार ३०४ जनामा डेंगुको जिवाणु फैलिएको पाइएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood