simana kantipath

काठमाडौँ - नेपाल र भारतबीच लामो समय देखि सीमा विवाद कायमै रहेको छ । भारतीय पक्षले लगातार नेपाली सीमा क्षेत्र हस्तक्षप गर्दै आएको छ ।

नेपाल र भातकाबीचमा भएको सीमा विवाद समाधान भएर जाने विश्वास गरिएको छ । भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री भएपछि भारतीय जनता पार्टी भाजपा नेताहरुले नै नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने बताउँदै आएका छन् ।

अहिले नेपालमा बहुमतको बलियो सरकार भएको बेला भारतले पनि सन्तुलित नीति अपनाउँने विश्लेषण सुरु भएको छ । नेपाल अहिले भारतसँग जत्ति नजिक छ त्यती नै चीनसँग पनि भएको हुँदा भारत नेपालप्रति थप केही नरम हुने जानकारहरु बताउँदै आएका छन् ।

योबीचमा नेपाल–भारत सीमामा २ हजार ३५ वटा नयाँ स्तम्भ निर्माण गरिएको छ । १ हजार ९ सय ५७ वटा स्तम्भ मर्मत गरिएको नापी विभागले बताएको छ ।

नेपाल–भारत सीमा सर्वेक्षण टोलीले स्तम्भ निर्माण तीव्र पारेको विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिनुभयो । स्तम्भ निर्माण कार्यमा दुवै देशका नापी, परराष्ट्र, गृहलगायत पदाधिकारी टोलीमा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

सरकारले दिएको म्याण्डेड अनुसार नापीले काम गरेको उहाँको भनाई छ । सीमामा ८ हजार ५ सय ५३ स्तम्भ रहनेछन् । ४ हजार ५ सय ६१ स्तम्भ निर्माण बाँकी रहेको भन्दै निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । ९ सय १६ वटा मुख्य र ७ हजार ६ सय ३७ वटा सहायक स्तम्भ छन् ।

दुई किमि फरकमा स्तम्भ निर्माण भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘एक स्तम्भबाट अर्को स्तम्भ देखिनुपर्यो, नदेखिने भए कमै दूरीमा पनि स्तम्भ निर्माण गर्छौं ।’ दुवै देशका पदाधिकारी अनुगमन, निरीक्षण र निर्माणमा सहभागी जोशीले जानकारी दिनुभयो ।

सीमाजस्तो अति संवेदनशील विषयमा टोलीले सूक्ष्म तरिकाले अध्ययन गरेर मात्र स्तम्भ निर्माण कार्य अगाडी बढाएको छ ।

सन् १९८० मा सीमासम्बन्धी नेपाल–भारत संयुक्त प्राविधिक समितिले संयुक्त विवरण तयार पार्ने निर्णय भएको थियो । सन् २०२१ सम्ममा सबै स्तम्भ निर्माण तथा मर्मत गरिसकिने टोलीले जानकारी दिएको छ । यो समाचार जनबोली डटकमबाट साभार गरेका हौ ।

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर