annapurna add

malaysia nepali

मलेसियामा नेपाली सुरक्षागार्ड कुट्ने व्यक्ति नेपाली नै भएको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले पीडक नेपाली नै भएको र उनलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पक्राउ परेका व्यक्तिमाथि कारवाही अगाडि बढाइएको छ र कुटाइ खाने पीडित नेपाली दूतावासको संरक्षणमा छन् ।

पछिल्ला केही दिनयता सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको थियो । भिडियोमा एक व्यक्तिले युनिफर्ममा रहेका सुरक्षागार्डलाई कुटपिट गरेको देखिएको थियो । भिडियो भाइरल भएपछि नेपाली दूतावासले उजुरी गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । कुट्ने नेपाली नेपालको कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको राजदूत पाण्डेले बताए। उनका अनुसार पीडित नवलपरासी जिल्लाका इस्लाम हुसेन हुन् । प्रहरी तथा दूतावासमक्ष पीडक रामगोपाल मुराउले हुसेनको ड्यूटीमा आचारण ठिक नभएको कारण आवेशमाा आएर कुटेको वयान दिएका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर