annapurna add

helicopter 1

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरकाे भुजेला क्षेत्रमा उडेको नेपाली हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको छ । गत सोमबार हरियो रङको हेलिकप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको र शारदा ब्यारेज र भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पमाथि केही बेर उडेर सो हेलिकप्टर नेपालतर्फ फर्किएको भारतीय अखबार ‘अमर उजाला’ले बताइएको छ ।

भारतीय सुरक्षा एजेन्सीहरुले यस सम्बन्धमा उच्च अधिकारीहरुलाई जानकारी गराएको र नेपालसँग पनि जानकारी माग गरिएको बताइएको छ ।

भारतीय सुरक्षा एजेन्सीहरुले उक्त हेलिकप्टरबारे जानकारी जुटाउनका लागि गुप्तचरलाई समेत परिचालन गरेको उक्त अखबारको दावी छ । उक्त हेलिकप्टर आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको र सुरक्षा निकायको क्याम्पमाथि उडेको भन्दै पूर्व जानकारीविना यसरी आउनुको कारण पत्ता लगाउन भारतीय अधिकारीले मातहतका निकायलाई निर्देशन दिएको बताइन्छ । एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर