modi kantipath

दिल्ली- व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वेदश फर्कदै गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ ।

तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदै थिए । विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्नै विमानमा जान नदिएको पीडितले बताए ।

‘तिमीहरु जुन बाटो आएको हो, त्यही बाटो फर्कनु पर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । बिना पूर्व सूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीहरूले सास्ती खेप्नु परेको छ ।

त्यस्तै सास्ती खेप्ने मध्येका हुन काठमाडौं चावहिलका लालबाबु चौधरी । वैष्णोदेवी दर्शन गरेर घर फिर्ने तयारीमा रहेको चौधरी र उनको पुरै परिवार दंग थियो । शुक्रवार बिहान ११ः४५ मा भुटान एअरबाट काठमाडौं फर्कने तयारीमा थिए उनीहरु । बिहान आठै बजे उनीहरु आठ जना इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डा पुगे ।

भुटान एअरको काउन्टरमा चेकइन गरेर लगेज समेत बुझाए र काउन्टरबाट बोर्डिङ पास पनि लिए । एक डेढ घण्टाभित्रै काठमाडौं ओर्लनेमा ढुक्क थिए उनीहरु । तर, जब अध्यागमन अधिकारीहरूले उड्न नपाउने भने त्यसपछि उनीहरूको होस हवास उड्यो । तर नेपालीलाई उड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले रोक लगाएको पाएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर