zz

निकोसिया । साइप्रसमा सिरियल किलरबाट हत्या गरिएका ५ महिला र २ बालिका समेत ७ जना मध्ये शव भेटिन बाँकी एक बालिकाको शवपनि बुधबार भेटिएको छ । हत्या गरिएका मध्ये उनको शव सबैभन्दा पछि भेटिएको हो ।

हत्या स्वीकार गर्ने व्यक्ति साइप्रिट नेसनल गार्डको अधिकृत हो । उसले ७ जनालाई मारेको स्वीकार गरेको थियो । जसलाई प्रहरीले गएको अप्रिल महिनामा पक्राउ गरेको थियो । त्यति धेरै हत्या हुँदा समेत रोक्न नसकेकोमा त्यहाँका कानुन मन्त्रीले यसअघि नै राजीनामा दिएका थिए भने प्रहरी प्रमुखलाई कारवाही गरिएको थियो ।


सो हत्यामा एक जना नेपाली युवतीपनि परेकी थिइन् । साइप्रसको राजधानी निकोसिया आसपासको विभिन्न ठाउँ र एउटा विषालु ताल ‘रेड लेक’मा आफूले मारेका महिलाहरुलाई फालेको पक्राउ परेको सिरियल किलरले स्वीकार गरेको थियो ।


पछिल्लो पटक भेटिएकी बालिकाको शव ६ बर्षिया बालिका सियरा ग्रान्जेको भएको अनुमान गरिएको छ । प्रहरी प्रवक्ताले भेटिएको शवको फरेन्सिक परीक्षण गरिने जनाएका छन् । उनकी आमा मेरी रोज टिबुर्कियोलाई समेत सिरियल किलरले हत्या गरेको थियो । बालिकाको शव तालको फेदमा भेटिएको हो ।

मारिएकी भनिएकी नेपाली महिलाको नाम अस्मिता खड्का विष्ट भएको समाचारमा यसअघि जनाइएको थियो । उनी सन् २०१८को गृष्मकालमा साइप्रसमा हराएकी थिइन् । उनको थप विवरण भने अझै आएको छैन । मारिएका सबै विदेशी नागरिक भएको बताइएको छ ।

मारिने मध्येका केहीलाई सिरियल किलरले इन्टरनेट डेटिङ साइटमा भेटेको स्वीकार गरेको छ । त्यो साइटमा उसको नाम ओरेस्टेज छ । उसले सात जना मारेको भनेपनि संख्या बढ्न सक्ने सुरक्षाकर्मीको अनुमान छ । यो खालको घटना १ करोड २० लाख जनसंख्या भएको साइप्रसमा विगतमा कहिल्यैपनि नसुनिएको स्थानीय संचार माध्यमले जनाएका छन् । अनुसन्धानमा विदेशी निकायले पनि सहयोग गरेका थिए ।

मारिनेमा नेपाली बाहेक रोमानिया र फिलिपिन्सका महिला र बालिका थिए । नेपाली भनिएकी महिला अस्मिताको अनलाइन नाम भने काता अनोउ भएको बताइएको छ । उनी त्यो व्यक्तिसँग सामाजिक सञ्जाल बडू मार्फत सम्पर्कमा आएकी थिइन् ।

उनी सन् २०१८को गृष्मकालमा सेतो कार चढेर हिंडेकोमा त्यसपछि भेटिएकी थिइनन् । उनका साथीले नेपाली कन्सुलेटलाई जानकारी दिएका थिए । तर त्यो घटनाबारेमा प्रहरीलाई भनिएको थिएन । साइप्रस टर्कीको दक्षिण,सिरिया र लेबनानको पश्चिम, इजरायलको उत्तर पश्चिम,इजिप्टको उत्तर र ग्रीसको दक्षिण पूर्वमा रहेको मुलुक हो ।

( बीबीसी र एजेन्सीका आधारमा )

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर