tealaya add

एजेन्सी ७ जेठ । बेलायतको लन्डनस्थित ‘कोरिया फ्युचर इनिसिएटिभ’ले गरेको अध्ययनले उत्तर कोरियाका हजारौं महिला तथा युवती चीनमा देह व्यापारमा संलग्न गराइने गरेको खुलासा गरेको छ ।

North Korea and China

चीनमा जबरजस्ती देहव्यापारमा लगाउनका लागि उत्तर कोरियाका महिला तथा युवतीलाई बिक्री गरिँदै आएको उल्लेख छ ।  चिनियाँ पुरुषले विवाह गरेर उत्तर कोरियाली युवतीलाई ल्याउने र जबरजस्ती देहव्यापारमा संलग्न गराउने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

 चीनमा आपराधिक समूह नै देहव्यापारमा संलग्न रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । युवतीहरुलाई देह व्यापारमा संलग्न गराएर यो संगठनले बर्सेनि १० करोड डलर बराबरको कारोबार गर्ने गरेको जनाइएको छ ।

चीनमा पुगेका उत्तर कोरियाली महिलाहरु पुनः स्वदेश फर्किएमा उनीहरु आफ्नै देशमा प्रताडित हुनुपर्ने अवस्था रहेकाले बाध्य भएर पनि यसमा संलग्न हुने गरेको बताइएको छ । अध्ययन प्रतिवेदनका लेखक योन ही–सोनले उत्तर कोरियाली युवतीलाई ३० चाइनिज युआनका लागि देह व्यापारमा संलग्न गराउने गरिएको बताएका छन् ।

एक हजार युआन पाए उनीहरुले ती युवतीलाई श्रीमती बनाएर बिक्रीसमेत गर्ने गरेको पाइएको उनको भनाइ छ ।यौन उत्पीडनको शिकार हुनेमा कतिपय ८÷९ वर्षका समेत छन् । यहाँका अधिकांश ग्राहक दक्षिण कोरियाका हुने गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनअनुसार उत्तर कोरियाली महिलालाई उत्तरपूर्वी चीनका वेश्यालयमा राखिएको छ । जहाँ बढीजसो प्रवासी कामदार रहने गरेका छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...