1478958692 banner ad format

 
 

काठमाडौं । उत्तर कोरियाले जेलमा रहेका अमेरिकी विद्यार्थी ओटो वार्मबियरलाई रिहा गरेको छ ।

North Korea jails US Student Auto varmabiyaralai released

उत्तर कोरियाले वार्मबियरलाई गएको वर्ष आफ्नो देश विरुद्ध प्रोपोगाण्डा बनाएको भन्दै होटलबाट पक्राउ गरेको थियो ।

उत्तर कोरियाले वार्मबियरलाई १५ वर्षसम्म कडा श्रम गर्नुपर्ने सजाय सुनाएको थियो ।

भर्जिनिया विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी वार्मबियर गएको वर्षको जनवरी २ मा उत्तर कोरिया भ्रमणमा रहेका बेला पक्राउ परेका थिए ।

तर वार्मबियर एक वर्षसम्म कोमामा रहेको उनका अभिभावकले बताएका छन् ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले २२ वर्षका वार्मबियरलाई अमेरिका फर्काइएको बताएका छन् । (एजेन्सी)

प्रकासित मिति

Loading...