north k kantipath

उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको बोनसानबाट प्रहार गरिएका दुईवटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका थिए ।

पहिलो क्षेप्यास्त्र करिब ४३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भए पनि अर्को क्षेप्यास्त्र ६९० किलोमिटर टाढा पुगेको उनीहरूको विश्लेषण छ । दक्षिण कोरियाका अनुसार पहिलो क्षेप्यास्त्र बिहान ५ बजेर ३४ मिनेटमा र दोस्रो क्षेप्यास्त्र ५ बजेर ५७ मिनेटमा प्रक्षेपण भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत महिना ट्रम्पको दक्षिण कोरिया भ्रमणका क्रममा दुई कोरियालाई छुट्याउने सीमा क्षेत्र पानमुनजोङमा द्विपक्षीय कुराकानी भएपछि उत्तर कोरियाले गरेको यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर