Hidden
तेल ट्याङ्कर दुर्घटना : १ सय ४० को मृत्यु
इस्लामावाद। पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १४० पुगेको पाकिस्तानी पूर्वी प्रान्त पञ्जावको एक अस्पतालले जानकारी दिएको छ ।
बहालपुर जिल्लामा भएको घटनामा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४० पुगेको र घाइतेमध्ये अझै केही जनाको अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या अझै केही बढ्न सक्ने बताए ।
यसअघि भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा अरुन्जेबले भने १२० जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएका बताएका छन् ।
पाकिस्तानी राष्ट्रिय टेलिभिजन च्यानल पिटीभीले पनि मृतकसङ्ख्या १२० जनाभन्दा बढी भएको जनाएको छ ।
बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो ।
सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीले शिकार बनाएको थियो ।
प्रकासित मिति