annapurna add

Dc68u AW0AAZXAK

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धका विषयमा आगामी दिनमा पनि छलफल तथा सम्वाद जारी राख्ने सहमति भएको छ । र, प्रधानमन्त्री ओलीले अर्थपूर्ण द्धिपक्षीय सहकार्यको आशासमेत व्यक्त गरेका थिए । ओलीले नेपाल सरकार र जनताका तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री मोदी र उनको माध्यमबाट भारत सरकार र जनतालाई ७४औं स्वतन्त्रता दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।

आज अपरान्ह प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले गत १० अप्रिल २०२० मा मोदीसँग गरेको कुराकानीको सम्झना गरेका थिए ।

दुवै देशका प्रधानमन्त्रीले कोभिड-१९ बिरूद्धको लडाईमा भएका प्रयासबारे विचार आदान प्रदान गरेका थिए । कोभिड विरुद्धको खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औंल्याउँदै प्रधानमन्त्री ओलीले भारतलगायत विश्वभरका वैज्ञानिकहरूले यसको विकास गर्न सक्षम हुने विश्वास दिलाए ।

press release issued by foreign ministry

प्रकासित मिति

 
 
Loading...