1478958692 banner ad format

 
 

सिड्नी । पपुवा न्यु गिनीमा कैदीको एक ठूलो समूहले जेल ताडेर भाग्न खोज्दा सुरक्षाकर्मीसँग भएको झडपमा १७ जना कैदीको मृत्यु भएको प्रहरीले सोमबार जानकारी दिएका छन् । कैदी भगौडाको यस घटनामा अझै पनि ५७ जना कैदी फरार रहेका छन् । 

Papua New Guinea

प्रशान्त महासागरीय यस राष्ट्रको दोस्रो ठूलो नगर लाएमा अवस्थित बुइमो कारागारमा गत शुक्रबार जेल तोडेर भाग्न खोज्ने ती कैदीलाई कारगार परिसरस्थित सुरक्षा कर्मीले गोली प्रंहार गरेका थिए । 

‘द’ ‘रोयल पपुवा न्यु गिनी कन्स्टाबुलरी (प्रहरी कार्यालय)’ ले एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा १७ जना कैदीको मृत्यु भएको र तीनजना पक्राउ परेका र अझै पनि ५७ जना बेपत्ता रहेका पुष्टि गरेको छ । 

फरार रहेका कैदीमध्ये धेरैजसो सशस्त्र डकैति, कार चोरी, आवासीय भवनका भित्ता फोरेर भित्रघुसी बस्ने मानिसलाई तर्साई, धम्काई चोरी, डकैति गर्ने जस्ता अत्यन्त आपराधिक मनोवृत्तिका रहेकाले तिनीहरुले सर्वसाधारण जनतालाई खतरा पु¥याउनसक्ने भएकाले उनीहरु पक्राउ नपरुन्जेल सतर्क रहन महानगरीय प्रहरी प्रमुखले आह्वान गरेका छन् । 

पपुवा न्यु गिनीको कूल जनसङ्ख्यामध्ये एक उल्लेखनीय हिस्सा दुर्गम क्षेत्रमा बसोवास गर्छन् । यो वर्ग अझैसम्म हात मुख जोड्न पनि धौधौ पर्ने चरम गरिबीपूर्ण र परम्परागत शैलीको जङ्गली जीवनयापन गर्न बाध्य छ । 

प्रायः गरिबीकै कारण यहाँ अराजकता र आपराधिक घटनाका सङ्ख्या पनि कहाली लाग्दो रहेका छन् । 

प्रकासित मिति

Loading...