tealaya add

plane crash cyberia russia kantipath

रुस । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको छ । अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

सो दुर्घटनामा परी चालक दलका २ ले ज्या गुमाएका छन् भने ७ जना घाइते भएका छन् ।घाइतेहरूकाे उपचार भइरहेकाे जनाइएकाे छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।

उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।

बिमानमा सवार अन्य यात्रुकाे उद्वार गरिएकाे र उनीहरूकाे अवस्था सामान्य रहेको स्थानीय प्रहरीले जनाएको छ ।दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

विमान ४ चालक दलका सदस्य सहित ४६ जना रहेकाे मस्काे टाइम्सले जनाएकाे छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...