1478958692 banner ad format

 
 

मस्को । रुसमा आइतबार आन्तरिक उडानमा रहेको एक विमान दुर्घटना भएको छ । विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।

 

रुसी अधिकारीहरुका अनुसार ७१ जना सवार सो विमान आकाशमै आगो लागेर खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन ।

दुर्घटनास्थलमा उद्धारकर्मीको टोली पठाइएको छ ।

सारातोभ एयरलाइन्सको विमान राजधानी मस्कोबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा रहेको अर्गुनोभो गाउँमा दुर्घटना भएको हो ।

हिउँ भएको क्षेत्रमा विमानका टुक्रा छरिएको तस्वीर सार्वजनिक गरिएको छ । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood