1478958692 banner ad format

 
 

नयाँ दिल्ली – भारतको अरुणाचल प्रदेशमा भारतीय सेनाको विमान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्।

एमआई भी १७ नामक विमान शुक्रबार  बिहान ६ बजे दुर्घटना भएको हो । भारतको अरुणाचल प्रदेश भौगोलिक खतराका कारण विमान दुर्घटना हुन पुगेको एक अधिकारीको दाबी छ  । विमान दुर्घटना क्षेत्र भारत चीनको सीमा पर्छ।

भारतका गृहराज्य मन्त्री किरण रिजिजूले मौसममा आएको खराबीका कारण एमआई भी १७ नामक विमान दुर्घटनाग्रस्त हुन पुगेको दाबी गरेका छन् ।

यसअघि सन् २०१५ मा भारतको अरूणाचल प्रदेशमा भारतीय सेनाको विमान दुर्घटना भएको थियो । त्यसै सन् २०११ मा अरूणाचल प्रदेशमा भएको विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो । एजेन्सी 

प्रकासित मिति

Loading...

 

yummyfood