tealaya add

Powerful bomb blast kantipatnews

रुसको एक आणविक भट्टीमा शक्तिशाली विस्फोट भएको छ । रुसको स्वते सागरमा गत साता असफल भएको रकेट प्रक्षेपणका क्रममा रकेटमा रहेको आणविक भट्टीसमेत विष्फोट भएको जनाएको छ । उक्त असफल रकेट प्रक्षेपणका क्रममा ५ आणविक वैज्ञानिकको ज्यान गएको थियो ।

उक्त रकेटमा सानो स्तरको आणविक उर्जा स्रोेत रहेको जनाइएको छ । उक्त आणविक भट्टीमा ‘फिसिल र रेडियो आइसोटोपजस्ता रेडियोधर्मी पदार्थ’ रहेको बताइएको छ ।

यस्ता पदार्थ रक्षा सैन्य तथा सार्वजनिक क्षेत्रमा प्रयोगमा आउने बताइएको छ । गत अगष्ट ८ मा अखार्नगेल्स्क क्षेत्रमा रकेट परीक्षण गर्ने क्रममा विष्फोट हुँदा ५ वैज्ञानिक मारिएका थिए ।

उक्त रकेट आणविक उर्जाबाट सञ्चालन हुने रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि रुसी रक्षामन्त्रालयले तरल इन्धनको प्रयोग गरिने इन्जिन जडित रकेट परीक्षणका क्रममा दुई जना मारिएको बताएको थियो ।

रक्षामन्त्रालयले आणविक उर्जाबारे कुनै टिप्पणी गरेको थिएन ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...