tealaya add

pradip gyawali kantipath

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उच्चस्तरीय भ्रमणको पहलका लागि आइतबार बेइजिङ जाने भएका छन् । ६ दिने भ्रमणका लागि  आइतबार चीनतर्फ प्रस्थान गर्न लागेका हुन् ।

चीनको डालियनामा हुने १३ औं वल्र्ड इकोनोमी फोरमको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । वार्षिक बैठकमा सहभागी भएपछि  बेइजिङ पुग्ने र त्यहाँ उच्चस्तरको राजनीतिक छलफल गर्ने परराष्ट्र अधिकारीले जानकारी दिए ।

नेपाल–चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभअन्तर्गतको परियोजना, रेलको फिजिविलिटी अध्ययनलगायत विषयमा छलफल गर्नेछन् । तातोपानी नाका खुले पनि राम्रोसँग सञ्चालन हुन नसकेको विषय पनि त्यहाँ उठ्नेछ । यसअघि भएका सम्झौताको प्रगतिमा पनि छलफल हुने अधिकारीले बताए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...