1478958692 banner ad format

 
 

मला (इजरायल)। इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त भएको समाचार छ । 

Prime Minister Ehud almarta min

उनलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उनि भ्रष्टाचारको मुद्धमा जेलमा रहेका थिए । 

जमानीमा मुक्त भएका उनको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ । 

उहाँ इजरायलका पूर्व प्रधानमन्त्रीको हैसियतमा जेलमा बस्ने पहिलो नेता हुनुहुन्छ । उहाँलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिँदा त्यहाँ ठूलो सङ्ख्यामा सम्वाददाता उपस्थित भएका थिए । 

तर उनले सम्वाददाताहरुलाई प्रतिक्रिया दिन मानेन  । उनि जेलबाट बाहिर निस्किदाको तस्बिर लिन कैयौँ सम्वाददाताहरु बिहानै त्यहाँ पुगेका समाचार समितिहरुले जनाएका थिए । 

कालो टिसर्ट लगाएर बाहिरिएका उहाँले सम्वाददाताहरुले प्रतिक्रियाका लागि गरेको सङ्केतको वास्ता गर्नुभएन र सरासर अघि बढे– समाचारमा उल्लेख छ । 

एकहत्तर बर्षीय अल्मर्ट सन् २००६ देखि २००९ सम्म इजरायलको प्रधानमन्त्री भएका थिय ।  भ्रष्टाचारको आरोप प्रमाणित भएपछि थुनामा राखिएको हो । 

उनलाई सन् २०१६ को फेब्रुअरीमा जेल चलान गरिएको थियो । उनलाई अदालतले २७ महिनाको जेल जिवनको सजाय सुनाएको थियो । 

तर जेल बस्नुपर्ने बाँकी अवधिका लागि उनले अब घरमै बस्नेगरी जमानी प्राप्त गरेका छन् । यसबाट उहाँको बाँकी जेल बस्नुपर्ने अवधिमा एक तिहाई कमी आएको समाचारमा उल्लेख छ । 

जेल जिवनमा कटौती गरी थुनुवाहरुलाई केही समय मिनाहा दिने बोर्डले उनिमाथिको अपराध त्यति गम्भीर प्रकृतिको नरहेको र घरैमा बसेर पनि पुनस्र्थापना केन्द्र सरह ब्यवहार र आचरणमा परिवर्तन ल्याउन आचरण सुधारका क्रियाकलाप गराउन सकिने भएकोले उनलाई जमानीमा मुक्त गरिएको बताएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood