tealaya add

Indian Prime Minister Narendra Modi KANTIPATHNEWSW

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब “एक देश, एक निर्वाचन” को अवधारणा लागू हुने बताएका छन् । भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिए ।

लालकिल्लाबाट छैटौं पटक सम्बोधन गर्नुभएका प्रधानमन्त्री मोदीले भने,“जिएसटीले एक देश, एक करको सपनालाई साकार पारेको छ । ऊर्जा क्षेत्रमा पनि एक देश, एक ग्रीड प्रणाली कार्यान्वयनमा आइसकेको छ । अब एक देश, एक मोबिलिटी कार्डको प्रबन्ध हुँदैछ, र चाँडै हामी एक देश, एक निर्वाचनमा जानुको विकल्प छैन ।”


एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न केही जरुरी कामहरु गर्नुको विकल्प छैन भन्दै प्रधानमन्त्री मोदीले काश्मिरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा हो भएको बताए । उनले जम्मु काश्मिरलाई संविधानको धारा ३७० बाट हटाउने सरदार पटेल र अरु प्रमुख भारतीय नेताहरुहरुको चाहना आज पूरा भएको चर्चा गरे ।

उनले भने,“एक देश, एक संविधान – यो यथार्थमा हासिल भएको छ र भारत यसप्रति गर्व गर्दछ ।”

मुलुकको हित पहिलो हो भन्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “हामी भिन्नभिन्न किसिमबाट सोच्न सक्दछौं तर हाम्रा लागि भारत पहिलो हो । मेरा लागि भारतको भविष्य मुख्य कुरा हो र मलाई राजनीतिक भविष्यको चिन्ता छैन । राजनीति आउँछ जान्छ तर मुलुकको स्वार्थलाई केन्द्रमा राखेर गरिएका कदमहरु सर्वोपरी हुन् ।”

एक देश, एक चुनावको अर्थ भारतीय लोकसभा र राज्य सभाहरुमा एकै किसिमको चुनावी व्यवस्था हो ।

एएफपीका अनुसार “हामी समस्या निम्त्याउने वा त्यसलाई लम्ब्याउने पक्षमा थिएनौं र त्यसमा हाम्रो विश्वास पनि थिएन । नयाँ सरकार बनेको ७० दिन पनि नबित्दै धारा ३७० इतिहास बन्यो । संसदको दुई तिहाई बहुमतले पारित पनि गरिसकेको छ,” प्रधानमन्त्री मोदीले भने ।

उनले जम्मु काश्मिर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढेको चर्चा गर्दै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदायको अधिकार कटौती भएको दाबी गरे ।

प्रधानमन्त्री मोदीले झण्डै ९२ मिनेट सम्बोधन गरेको यस कार्यक्रममा स्कुले बालबालिका समेत विभिन्न प्रदेशका झाँकीहरु प्रस्तुत गरिएका थिए ।

Modi's address on India's Independence Day, proposing "one country, one election"

Indian Prime Minister Narendra Modi KANTIPATHNEWSW

Indian Prime Minister Narendra Modi has said that the concept of "one country, one election" will now be implemented in India. Addressing New Delhi's Lal Killa on the occasion of India's 6th Independence Day, Prime Minister Modi emphasized the need for debate about reforms in elections. Addressing for the sixth time from Lal Kila, PM Modi said,“The GST has fulfilled the dream of one country, one tax. One country, one grid system has also been implemented in the energy sector. Now one country, one mobility card is being provided, and soon we will have no choice but to go to one country, one election. ”

He said, "One country, one constitution - this has really been achieved and India is proud of it."One country, one election means the same kind of electoral system in the Indian Lok Sabha and Rajya Sabha.According to AFP, "We were not in favor of prolonging or extending the problem, and we had no faith in it. Within 3 days of the formation of the new government, Section 3 became history. The two-thirds majority of the parliament has also been passed, "PM Modi said.

He claimed that the old system in Jammu and Kashmir and Ladakh had only increased corruption, nepotism and injustice and claimed that the rights of women, children, Dalits and indigenous communities were cut off from the old system.The program was addressed by Prime Minister Modi for about 90 minutes.

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...