tealaya add

कतार । कतारले छिमेकी अरब मुलुकमाथि विश्व व्यापार संगठन (डब्ल्यूटिओ) मा उजुरी गरेको छ यसका साथै बार्ता नगर्ने संकेत देखिएको छ । साउदी अरब लगायतका मुलुकले वार्ताका लागि शर्त राखिरहँदा कतारले भने ती मुलुकद्वारा लगाइएको नाकाबन्दीको विरोधमा विश्व व्यापार संगठन (डब्ल्यूटिओ) मा उजुरी गरेको हो।

qater katar min

उजुरीमा कतारले नाकाबन्दीबाट ती मुलुकले व्यापारिक बहिष्कार गरेको आरोप लगाएको छ । यो विवादकाबारे डब्ल्यूटिओले आवश्यक प्रक्रिया थाल्ने जनाइएको छ ।

साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्सले कतारलाई वार्तामा आउन आफ्ना १३ बुँदे माग पुरा गर्नुपर्ने दबाब दिएका थिए । तर डब्ल्यूटिओमा परेको उजुरीमार्फत सामान्य प्रक्रियाबाट ६० दिनभित्र कुनै समाधान ननिस्किएमा यो विवादलाई डब्ल्यूटिओका तर्फबाट नियुक्त गरिने प्यानलले हेर्नेछ ।

रोयटर्स समाचार एजेन्सीले डब्ल्यूटिओमा कतारले उजुरी दिएको समाचार प्रकाशित गरे पनि डब्ल्यूटिओका तर्फबाट यसको पुष्टि गरिएको छैन ।

साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकले ५ जुनमा कतारमाथि आतंकवादीलाई बढावा दिएको आरोपमा सम्बन्ध विच्छेद गरेका थिए । (एजेन्सी)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर