1478958692 banner ad format

 
 

काठमाडौं । भारतको मुम्बईस्थित एक रेलवे स्टेसनमा शुक्रबार भागदौड मच्चिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् ।

railway station india

एल्फिस्टन र परेलको लोकल रेलवे स्टेसनलाई जोड्ने पुलमा भागदौड मच्चिएको थियो ।

किंग एडवर्ड मेमोरियल हस्पिटलका डा. प्रवीण बांगडले घटनामा २२ जना जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अत्यधिक वर्षा भइरहेको बेला भागदौड मच्चिएको थियो । पानी परेपछि ओत लाग्न धेरै मानिस ‘फुटओभर ब्रिज’मा जम्मा भएका थिए ।

त्यसैबेला पुल भाँचिएको हल्ला फैलिएपछि भागदौड सुरु भएको बताइएको छ । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood