1478958692 banner ad format

 
 

काठमाडौँ - नेपालमा लुकेको हुन सक्ने भन्दै भारतीय सञ्चार माध्यमहरुले हल्ला गरेपछि पूर्वी नेपालमा केही अघि खोजी भएको भारतीय बलात्कारी बाबा गुरमित राम रहिम सिंहका कथित धर्मपुत्री हनिप्रित भारतकै पञ्जावमा पक्राउ परेकी छन् । 

ram rahims daughter

भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार उनलाई करिव एक महिनाको लुकाछिपीपछि पञ्जावको एक राजमार्गमा उनलाई  पक्राउ गर्न प्रहरी सफल भएको हो । 

पञ्चकुल प्रहरी कमिश्नर एएस चवलाले एक जना अर्की महिलाका साथ हनिप्रितलाई नभा साहिव गुरुद्वार नजिकै जिरकपुर–पटियाला राजमार्गमा पक्राउ गरिएको उल्लेख गरेका छन् । 

एक महिनाअघि बलात्कारको मुद्दामा दोषी ठहरिएर कथित बाबा गुरमित जेल चलान भएदेखि नै हनिप्रतिको खोजी जारी थियो । गुरमितले गरेको यौन हिंसा र हत्याको आरोपमासमेत हनिप्रितको संलग्नता हुनसक्ने आशंका प्रहरीले गर्दै आएको छ । 

 



प्रकासित मिति

Loading...

 

yummyfood