annapurna add

yo mari

नेपालका लागी अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेवारी र किराँतको चार्ड योमरी पुन्ही, उधौली पर्व र धान्य पुर्णिमाको शुभकामना दिएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा उनले ‘कृषिप्रधान देश र कृषिसँग सम्बन्धित विभिन्न क्षेत्र र समुदायका आ-आफ्नै चाडबाड एकै दिनस् योमरी पुन्ही, उधौली पर्व र धान्य पूर्णिमाको धेरै-धेरै शुभकामना कृषि र किसानको सम्मान अझै बढोस्।’

उनले फेसबुकमा योमरी खाँदै गरेको, उधौली पर्वमा रमाउँदै गरेका किराँत समुदायका तस्वीर समेत राखेका छन् । 

‘यमरी च्वामु, उके दुने हाम्व
ब्युम ल्यासे, मब्युम बुरीकुटी
छिकपिं सकेसित यमरी पुन्हीया
लसताय यक्को यक्को भिन्तुना ।

रोदुङ्ग इमो महिपा होचुङ रिदुङ
छिरिममो केभा केभा अप्छ्वा ।

अमेरिकी न्यायिक समितिद्वारा औपचारिक रूपमा ट्रम्पविरूद्धका अभियोगहरू सार्वजनिक

अमेरिकी संसद्को न्यायिक समितिले औपचारिक रूपमा राष्ट्रपति ट्रम्पविरूद्धका महाभियोगसम्बन्धी अभियोगहरू सार्वजनिक गरेको छ ।त्यसलाई राष्ट्रपतिविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियाको एउटा प्रमुख कदमको रूपमा हेरिएको छ ।

डेमोक्रयाटहरूको नियन्त्रण रहेको समितिका प्रमुख जेरोल्ड न्याडलरले सार्वजनिक गरेको पहिलो बुँदामा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । दोस्रोमा संसद्को गतिविधिमा बाधा र्पुयाएको आरोप लगाइएको छ ।

राष्ट्रपति ट्रम्पमाथि घरेलु राजनीतिक कारणले युक्रेनलाई दिइने सहायता स्थगित गरेको पनि आरोप लगाइएको छ । राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको बताउँदै महाभियोग प्रकियालाई ’पागलपन’को सङ्ज्ञा दिएका छन् ।

संसद्को न्यायिक समितिले यसै हप्ताको अन्त्यतिर ती बुँदाहरू अनुमोदन गरे त्यो संसद्को तल्लो सदनमा मतदानका लागि प्रस्तुत हुनेछ ।

डेमोक्य्राटहरूको नियन्त्रणमा रहेको तल्लो सदनबाट ती बुँदा अनुमोदन भए भने रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ अघि बढ्नेछ । सम्भवत: त्यो प्रक्रिया जनवरी महिनामा सुरु हुने ठानिएको छ ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर