1478958692 banner ad format

 
 

काठमाडौं। अमेरिकाले नाकाबन्दीमा थप कडाई गर्ने घोषणा गरेसँगै उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनालाई उदृत गर्दै समाचार संस्था योनहापले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण गरेको जनाएको हो ।

World Activities in Nepali Re ballistic missile test by North Korea

उत्तरले परिक्षण गरेको मिसाइल केहीबेरमै नष्ट भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । अमेरिकी सरकारको एक सूत्रलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले पनि मिसाइल परीक्षण असफल भएको जनाएको छ ।

दक्षिण कोरियाका सेना प्रमुखका अनुसार यो मिसाइल राजधानी प्योङयाङबाट उत्तरमा पर्ने प्योनगान प्रान्तबाट गरिएको हो । उत्तर कोरियाले परीक्षण गरेको मिसाइलका बारेमा पूर्ण जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर कोयरियाले पनि यस बारेमा कुनै जानकारी दिएको छैन ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले आफ्नो मुख्य सहयोगी चीनलाईसमेत बेवास्ता गर्दै मिसाइल परीक्षण गरेको दाबी गरेका छन् ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा पुनः तनाव बढ्ने सम्भावना बढ्दै गएको छ । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood