1478958692 banner ad format

 
 

एजेन्सी- म्यान्मारमा रोहिंग्या मुसलमानमाथि त्यहाँको सेनाले गरेको अत्याचारले कहालीलाग्दो अवस्था निम्त्याएको अधिकारवादीहरुले बताएका छन्।

Rohingya Muslim

मानवअधिकार संगठन ह्युमन राइट्स वाच (एचआरडब्लू) का अनुसार, गत अगस्तको अन्त्यमा हिंसा भड्किएयता अहिलेसम्म रोहिंग्याहरुको करिब ३ सय गाउँ जलाइएको छ । एफे न्युजका अनुसार, अधिकारवादीको समूहले रखाइन प्रान्तमा स्याटेलाइट तस्बिरहरुमार्फत आंशिक तथा पूरा जलाइएका २ सय ८८ गाउँको पहिचान गरेको छ।

एचआरडब्लूको एसिया उप-निर्देशक फिल राबर्टसनले स्याटेलाइट तस्बिरहरुमा देखिएको कहालीलाग्दो अवस्थाले चार सातामा करिब ५ लाख रोहिंग्याहरुले बंगलादेश किन छाडे भन्ने प्रस्ट पार्ने बताए । उनले म्यान्मारको सेनाले रोहिंग्या समुदायका सयौं गाउँ ध्वस्त पारेको बताए।

एचआरडब्लूले करिब ९० प्रतिशत प्रभावित गाउँ मोंग्डा सहरका भएको जनाएको छ । राबर्टसनले यी क्षेत्रमा रोहिंग्याहरुलाई घरहरुमा जलाइएको छ, जबकि सोही इलाका बौद्ध समुदायको घर जस्ताको तस्तै छ । कम्तीमा ६६ गाउँलाई सेप्टेम्बर ५ पछि जलाइएको छ । यद्यपि रोहिंग्या विद्रोहीको आक्रमणपछि सरकारले अगस्त २५ देखि सुरु गरेको सैन्य कारबाही त्यसबेलासम्म समाप्त भइसकेको घोषणा गरिएको थियो।

संयुक्त राष्ट्र संघका अनुसार, हिंसापछि ५ लाख ३० हजारभन्दा रोहिंग्या म्यान्मारबाट भागेर बंगलादेश जान बाध्य भएका थिए । रखाइनमा हिंसा भड्किनु अगाडि १० लाखभन्दा बढी बस्दै आएका थिए । यस बाहेक म्यान्मारबाट ज्यान बचाएर भाग्ने कोसिसमा हजारौंले ज्यान गुमाइसकेका छन् । धेरैजसोको मृत्यु डुंगा डुबेर भएको थियो । मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या बढी छ।

प्रकासित मिति

Loading...

 

yummyfood