saudi arabia

काठमाडौं । साउदी अरेबियाको अदालतले हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका एक नेपालीको बारेमा त्यहाँको पुनरावेदन अदालतले पनि तल्लो अदालतकै आदेशलाई सदर गरेको छ ।

उदयपुरका विवेक दाहाल हत्याको आरोपमा विगत बाह्र वर्षदेखि साउदी जेलमा रहँदै आएका थिए । उनलाई आफ्नै नाता पर्ने मोरङका राजेन्द्र बिष्टलाई सुतिरहेको अवस्थामा हत्या गरेको अभियोग लागेको थियो । उक्त घटना सन् २००७को फेब्रुवरी २ को हो ।

साउदी अरेबियास्थित नेपाली दूतावासले पीडित परिवारलाई ब्लडमनी दिने व्यवस्थाको माग गर्दै साउदी अदालतमा निवेदन दिएको भएपनि सो निवेदन अदालतबाट बहुमतले अस्वीकार गरिएको जनाइएको छ । तीन जनाको इजलासमा एक जना न्यायाधीशले स्वीकार गर्नुपर्ने जनाएपनि बाँकी दुईले अस्वीकार गरेका थिए ।


सो सम्बन्धमा साउदी अरेबियाको सर्बोच्च अदालतमा नेपाली दूतावासले निवेदन दिएको जनाइएको छ । दाहाललाई माफी दिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र अहिले साउदी अरेबियाको विदेशमन्त्रालयमा पठाइएको जनाइएको छ ।

साउदी अरेबियाका राजाले सोही पत्रका आधारमा दाहाललाई माफी दिन सक्ने भएपनि के हुन्छ यसै भन्न नसकिने नेपाली दूतावासका एक अधिकारीले बताएका छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर