tealaya add

saudihuma kantipath

साउदी - अरबस्थित नेपाली दूतावासले ७ वर्षसम्म बन्धक बनाइएकी चरली–४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको छ । 

हुमालाई हाइल क्षेत्रमा रहेको साउदी नागरीकले बन्धक बनाइ घरेलु काममा लगाउँदै आएका थिए । हाइल राजधानी रियादबाट ७ सय किमी टाढा पर्छ ।

प्रवासी नेपाली समाजको समन्वयमा हुमालाई साउदी नागरीकको घरबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो ।


‘उनलाई घरपरिवार, आफन्तसँग समेत सम्पर्क गर्न नदिई बन्दी झैं बनाएर राखिएको थियो । उनी आफूसँगै कार्यरत फिलिपिनोको सहयोगमा नेपाली दूतावासको सम्पर्कमा आएकी थिइन्,’ उद्धारमा समन्वय गरेका हेमराज बास्तोलाले भने, ‘गत अप्रिल महिनामा निवासबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो ।’

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...