annapurna add

एजेन्सी । वैज्ञानिकहरुले कोरोना भाइरसका बारेमा नयाँ तथ्य फेला पारेको बताएका छन । उनीहरुले यो संक्रमण अन्तीम महामारी नभएको भन्दै यो भन्दा खतरनाक भाइरस आउनसक्ने चेतावनी दिएका छन ।

Corona 2File photo

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी दिएका हुन ।

नयाँ–नयाँ रोगको स्रोतको अध्ययन गर्ने विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । ती वैज्ञानिकले नयाँ रोगको स्रोतको अध्ययन गर्ने क्रममा त्यसको ढाँचाको आधारमा पहिचानको प्रक्रिया विकसित गरेका छन् । यसमार्फत् कुन जीवमार्फत् पैदा भएको रोग मानिसका लागि अत्यधिक खतरनाक हुनसक्छन् भनेर पत्ता लगाउन सकिन्छ ।

लिभरपुल विश्वविद्यालयका प्राध्यापक म्याथ्यू बायलिसले बीबीसीलाई भने, ‘पछिल्ला २० वर्षमा हाम्रो सामुन्ने ६ विभिन्न प्रकारका ठूला खतरा पैदा भए ।

सार्स, मर्स, इबोला, एभियन इन्फूएन्जा र स्वाइन फ्लू । हामीले पाँचवटा त पार गर्यौं तर छैठौं र यो अन्तिम महामारी पनि होइन । तसर्थ हामीले वन्य जन्तुको रोगलाई नजिकबाट बुझ्न आवश्यक छ ।’

वन्य जीवको रोगलाई नजिकबाट बुझ्नका लागि यो प्याटर्न प्रणाली तयार गरिएको हो । यसमार्फत् भिन्न भिन्न जनावर सम्बन्धि विस्तृत डाटाबेस तयार गर्न र त्यसको अनुसन्धान गर्न सकिन्छ ।

जंगल फँडानी गर्नु र विभिन्न जीव जन्तुको आवास र खाना अतिक्रमण गर्नुलगायतका हाम्रा विभिन्न व्यवहारले जनावरबाट मानिसमा सर्ने यस्ता रोग फैलन मद्दत गरिरहेको कुरामा विभिन्न वैज्ञानिकको सहमति छ ।

युनिभर्सिटी कलेज लण्डननकी प्राध्यापक केट जोन्स भन्छिन्, ‘जे कुरा सार्वजनिक भएका छन् त्यसमार्फत् मानिसको हस्तक्षेपका कारण संक्रमण फैलने थुप्रै रोगको जोखिम बढ्ने गर्छ ।

यद्यपि, सबै रोग संक्रमण फैलाउने किसिमकै हुन्छन् भन्ने छैन तर वन्यजीव प्रजातिका थुप्रै प्रकार यसको कारण बन्न सक्छन् । स्रोतः बीबीसी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...