accident

भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग बताए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...