annapurna add

Shah Mohammad Qureshiकाठमाडौं । नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले ट्वीट गर्दै यस दुःखको समयमा नेपाली जनताको साथमा रहेको बताएका छन् ।

‘बाढी र पहिरोले उत्पन संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं,’ विदेशमन्त्री कुरैशीले ट्वीटमा लेखेका छन्

म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको छ । यस्तै २३ जना अझै बेपत्ता छन् । मृतक र बेपत्ता भएकोहरुको अझै पहिचान खुलेको छैन ।

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो । बाढीपहिरोले ४३ घर पुरिएका छन् ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...