1478958692 banner ad format

 
 

मोगादिसु । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ८५ पुगेको स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् ।

somalia blast

अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिर अहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्फोटका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए ।

घटनामा गम्भीर घाइतेको संख्या अझै धेरै रहेकाले मृतक संख्या अझै केही बढ्नसक्ने उनले बताए ।

विस्फोटमा करिब २५० जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

पछिल्ला केही महिना यता भएकामध्ये यो सबैभन्दा ठूलो आक्रमण भएको, अदेमले बताए ।

घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्फोटका कारण होटेलका कैयौं ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताएअनुसार विस्फोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।

सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विस्फोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । एकै पटक ठूलो संख्यामा घाइतेहरूको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।

विस्फोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन ।

प्रकासित मिति

Loading...

 

yummyfood