tealaya add

दक्षिण सुडान। दक्षिण सुडानको पूर्वी राज्य जोङलाइको ग्रामिण बस्तीमा विगत २४ घन्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

 

जोङलाइ राज्यको सूचना मन्त्रालयले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारीअनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका हुन् ।

उक्त समूहले ती गाउँबाट दर्जनौको संख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर