1478958692 banner ad format

 
 

कोलोम्बो- श्रीलङ्कामा डेँगुको प्रकोप नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरे पनि प्रभावकारी हुन सकिरहेको छैन। 

श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेँगुबाट ३०१ जनाको मृत्यु भएको छ। डेँगुबाट एक लाख पाँच हजार मानिस प्रभावित भएको श्रीलङ्का रेडक्रस सोसाइटीले मङ्गलबार सार्वजनिक गरेको छ। 

सन् २०१६ को तुलनामा यस वर्षको सुरुदेखि अहिलेसम्म डेँगु प्रभावितको सङ्ख्या दोब्बर भएको जनाइएको छ। श्रीलङ्कामा सन् २०१६ मा डेँगु प्रभावित व्यक्तिको सङ्ख्या ५५ हजार एक सय ५० पुगेको थियो।

श्रीलङ्का रेडक्रसका स्वयंसेवकका साथै विभिन्न देशले डेँगु रोकथामका लागि सरकारलाई सहयोग गर्दै आएको जनाइएको छ। 

प्रकासित मिति

Loading...

 

yummyfood