1478958692 banner ad format

 
 

काबुल - अफगानिस्तानको दुई ओटा मस्जीदमा भएको आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । 

Suicide bomb attack Masjid

अफगानिस्तानको राजधानी काबुल र पश्चिमी प्रान्तमा रहेका दुई ओटा मस्जीदमा शुक्रबार राती आत्मघाती बम हमला भएको थियो । 

हमलामा परी कम्तीमा अरु ४५ जना घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । 

घाइते मध्ये ४० जना काबुलमा भएको हमलामा घाइते भएका हुन् । काबुलमा मत्यु हुनेहरुको संख्या भने २० रहेको छ । 

काबुलमा स्थानीय समय अनुसार बेलुका ५.४० मा आक्रमणकारीहरुले इमाम ए जामान मस्जीदमा आक्रमण गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै आक्रमण झण्डै उही समयमा पश्चिमी घोर प्रान्तमा पर्ने डुलिना जिल्लाको खोजगाँ भन्ने ठाँउमा भएको थियो । सो आक्रमणमा परी १० जना मारिएका छन् भने अरु पाँच जना घाइते भएका छन् । 

दुवै घटनामा घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृत्युहुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood