tealaya add

japan

स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त भएका छन् । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम थिए ।

अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री थिए । नवनियुक्त आन लिन्डले विदेशमन्त्रीको जिम्मेवारी पाएकामा खुशी व्यक्त गरे । गत शुक्रबार वाल्स्ट्रोमले आफूले पदबाट राजिनामा दिन चाहेको बताएका थिए । उनि पाँच वर्षसम्म स्वीडेनको विदेशमन्त्री भए ।

जापानका मन्त्रिपरिषद हेरफेर

जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेकाका छन् । उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिनु भएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ । शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । उनि राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति रहेका छन् ।

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पुर्याउने प्रधानमन्त्री बन्नु हुनेछ । तर उनले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ ।

यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त भएका छन् । उनलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रुपमा पदोन्नति गरेको बताइएको छ ।

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ ।

कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिन्छन । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कुटनीतिमा निकै अनुभवी रहेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...