थिम्पु - भुटानमा शिक्षक र अस्पतालका कर्मचारीलाई सबैभन्दा बढी तलब दिइने भएको छ। यसै महिनाको जुन ५ तारिखमा भुटानको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो।

Teachers and hospital employees

अब सरकारी शिक्षक तथा शिक्षिका र अस्पतालमा कार्यरत डाक्टर, नर्स लगायतका कर्मचारीले अन्य सरकारी सेवाका कर्मचारीभन्दा बढी तबल पाउनेछन्। यस निर्णयलाई भुटानमा ऐतिहासिक कार्यको रुपमा हेरिएको छ। भुटानमा ८ हजार ६७९ जना शिक्षक÷शिक्षिका छन् भने ४ हजार अस्पतालका कर्मचारी छन्।

अन्य सेवामा कार्यरत कर्मचारी र सरकारी सेवा प्रशासकहरुले प्रशिक्षणको नाममा भत्ता पाउने सुविधाहरु भुटानमा छ। यस्तोमा शिक्षण पेशा र अस्पतालका कर्मचारीहरुलाई उनीहरु जतिको सेवा र सुविधा दिइएको थिएन।

यी पेशा अन्य पेशाभन्दा बढी तनावयुक्त पेशा भएको पनि बताइएको छ। भुटानको प्रधानमन्त्री कार्यालयले एक वक्तव्य जारी गर्दै भनेको छ,‘अब शिक्षण पेशामा लागेका र अस्पतालका कर्मचारीको तलब देशकै सबैभन्दा बढी हुनेछ।’ इन्डियन एक्सप्रेस

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर