1478958692 banner ad format

 
 

काठमाडौँ  - बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गरेकी छन् । उनले बेलायतको ब्रेक्जिटको त्राससँगै जापानको भ्रमण सुरु गरेकी हुन् । 

Theresa

उनी बुधबार ओसाका पुगेकी छन् । उनी यसपछि मात्र जापानको राजधानी टोकियो पुग्ने कार्यक्रम रहेको छ । उनी विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि जापान पुगेकी हुन् । उनी तीन दिनसम्म नै जापानको टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुने ओसाकाबाट विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

उनले जापानमा रहँदा प्रधानमन्त्री सिन्जो आबे र सम्राट अकिहितोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ । बेलायतमा एक हजारभन्दा बढी कम्पनीले उत्पादनको काम गरिरहेका छन् । त्यसै गरी त्यहाँ १ लाख ४० हजार जति जापानी पनि विभिन्न रोजगारमा संलग्न रही आएका छन् । यीमध्ये टोयोटा लगायतका कम्पनीहरुले बेलायतमा निकै ठूलो परिमाणमा व्यापार गर्ने गर्दछन् । उनीहरुको यहाँको उत्पादन जापानी बजारमा गरिने तथा निकासी पनि हुने गरेको छ । जापानमा निर्माण हुने आइफोनका लागि चिप्सहरुको उत्पादन जापानी कम्पनीले बेलायतमा उत्पादन गर्ने गरेका छन् । 

जापानका प्रधानमन्त्री आबेले यसैवर्ष जापानको भ्रमण गरेका थिए । उनले जापान र बेलायतका ब्यापारको परिमाणलाई बढाउन के कसरी सकिन्छ भन्ने बारेमा पनि सो भ्रमणका क्रममा कुराकानी गरेका थिए । 

उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र खसालेको भोलिपल्ट बेलायती प्रधानमन्त्री मेले जापानको भ्रमण सुरु गरेकी छन् । उनले जापान पुगेपछि दिएको प्रतिक्रियामा उत्तर कोरियाको सो कार्य निन्दनीय छ । उनले यस्तो अवैध र अन्तर्राष्ट्रिय समुदायलाई नै चूनौति दिएर गरिएको यस्तो उत्तेजक क्रियाकलापहरुका विरुद्धमा जापानलाई साथ दिने र एक भएर लड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी थिइन् । 

बेलायत यसअघिको प्रतिबद्धता बमोजिम युरोपेली युनियनबाट बाहिरिने समय नजिकिँदै छ । यस्तो अवस्थामा उनले विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको जापानको भ्रमणलाई अर्थपूर्ण रपमा हेरिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood