1478958692 banner ad format

 
 

नयाँ दिल्ली। पूर्बी भारतको विहार प्रदेशको कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका एकजना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् ।

topper india final min

उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

गणेश कुमार नामका ती विद्यार्थीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहार प्रदेश मै सबैभन्दा धेरै अंक ल्याएका थिए । दुई सन्तानका बाबुसमेत रहेका उनले आफ्नो उमेर ४२ वर्ष भएपनि ढाँटेर २४ बनाएको अभियोग लगाइएको छ ।

‘उनले विहार विद्यालय परीक्षा बोर्डमा आफ्नो उमेर ढाँटेर दुरुपयोग गरेको पाइएको छ,’ एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार (आज) भने ।

बोर्डका अध्यक्ष आनन्दकिशोरले सञ्चारकर्मीहरुसँग भने,–‘कुमार, जो कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंक ल्याएका थिए, उनको उमेरकाबारेमा टिप्पणी गर्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।’

प्रकासित मिति

Loading...

 

yummyfood