tealaya add

नयाँदिल्ली- भारतको पूर्वी उडिसा राज्यका तीन ओटा विद्यालयमा विषाक्त खानाका कारण १ सय ७० भन्दा बढी बालबालिका बिरामी भएका छन्। 

झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार विहानै अस्वस्थ महुशष गरेका थिए। 

विहानको खाजा खाने वित्तिकै उनीहरू बिरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। 

सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडी परिएका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका थिए। 

विहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएका छन्, एक जना सरकारी अधिकारीले भने । उनले थपे ‘बिरामी भएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ।’

स्थानीय सञ्चार माध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन्। 

गत चौविस घण्टाको अवधिमा विषाक्त खानाका कारण विरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। 

बिहीबार मात्रै कालाहान्डी र गाजापाटी जिल्लामा दिउसोको खाना खाएपछि १२० जना भन्दा बढी विद्यार्थी विरामी भएका थिए।

‘उक्त विद्यालयका विरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ,’ एक जना सरकारी अधिकारीले भने। 

विगत केही बर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । भोकमरी र कुपोषण न्युननिकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो। 

गत सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा विरामी भएका मध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर