1478958692 banner ad format

 
 

काठमाडौं । विधानसभाको निर्वाचनपछि भारतको त्रिपुरा राज्यमा हिंसा भड्किएको छ ।

कम्युनिष्टको किल्ला मानिएको त्रिपुरामा भारतीय जनता पार्टी बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो । बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक लेनिनको शालिक तोडफोड गरेका छन् ।

त्रिपुरा राज्यका एसपी कमल चक्रवर्तीले बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको बताए । त्यसक्रममा प्रहरीले डोजरसहित चालकलाई पक्राउ गरेको छ ।

लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु प्रतिकारमा उत्रिएका छन् । चुनावी परिणामपछि त्रिपुरा राज्यका विभिन्न ठाउँमा तोडफोड र मारपीट भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्रिपुरामा वाम सरकारको २१ वर्ष पुरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो । ११ दशमलव ५ फिट अग्लो शालिक बनाउन ३ लाख रुपैयाँभन्दा बढी लागेको थियो ।

यो राज्यमा २५ वर्षदेखि कम्युनिस्ट पार्टी सिपीआई (एम) सत्तामा रहँदै आएको थियो ।

तर हालै भएको विधानसभा निर्वाचनमा भने भारतीय जनता पार्टीले बहुमत ल्याएको छ । हिँसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।(एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood