अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सधैं चर्चामा रहिरहने पात्र हुन्। उनी कुनै न कुनै कारण चर्चामा रहिरहन्छन्।

यतिबेला पनि ट्रम्पको एउटा अभिव्यक्तिले सबैको ध्यान तानेको छ। ट्रम्पले अफ्नो एसिया यात्रा क्रममा दक्षिण कोरियाको प्योङ्तयेक एयर बेसमा छोरी इन्वा र विदेशमन्त्री माइक पोम्पियोलाई फरक तरिकाले सम्बोधन गरे।

उनले वायुसेनाकर्मीलाई सम्बोधन गर्दै छोरी र पोम्पियोको जोडीलाई निकै सुहाएको बताउँदै ‘ब्युटी एन्ड द बिस्ट’ जोडी भनेर तारिफ गरेका थिए।

ट्रम्पको कुरा सुनेर पोम्पियो लजाएकी थिइन्।

यसको एक दिन पहिले ट्रम्प उत्तर कोरियाको सीमामा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए। उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेका थिए।

उक्त भेटसँगै दुवै देशबीचको बढ्दो तनाव केही कम भएको बताइएको छ।

ट्रम्पलाई किमले ताली बजाएर आफ्नो भूमिमा स्वागत गरेका थिए। उनीहरू दुवैजना उक्त क्षेत्रमा हात मिलाउँदै गरेको केही तस्बिर पनि खिचाएका थिए।

भेटलगत्तै दुबैले त्यहाँ रहेका पत्रकारलाई सम्बोधन गरेका थिए। सम्बोधन क्रममा ट्रम्पले भने, ‘विश्वका लागि यो एक महान क्षण हो र यहाँ आउनु मेरा लागि सम्मानको कुरा हो।’

ट्रम्पले किमलाई पनि ह्वाइटहाउस आउन आमन्त्रण गरेका थिए। उनले उक्त दिनलाई संसारका लागि नै महत्वपूर्ण दिन भएको बताएका थिए।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...